जेनजी प्रदर्शनपछि मेडागास्कर सरकार विघटन

हिमाल प्रेस १४ असोज २०८२ १४:५७
102
SHARES
जेनजी प्रदर्शनपछि मेडागास्कर सरकार विघटन

काठमाडौँ- जेनजी प्रदर्शनपछि मेडागास्करमा सरकार विघटन भएको छ। युवाहरूको प्रदर्शन हिंसक बनेपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका हुन्।

यो घोषणा लामो समयदेखि जारी पानी र बिजुलीको कटौतीविरूद्ध युवाहरूको नेतृत्वमा चलिरहेको प्रदर्शनको बीच आएको हो।

टेलिभिजनमा सम्बोधनमा राष्ट्रपति एन्ड्रीले भने,‘यदि सरकारलाई जनताले दिएका जिम्मेवारी पूरा भएका छैनन् भने हामी यसलाई स्वीकार गर्छौँ र माफी माग्छौँ।’

गत बिहीबारदेखि हजारौँ युवा सडकमा उत्रिएर राष्ट्रपतिको राजीनामा माग गर्दै आएका थिए।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखका अनुसार यस प्रदर्शनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन्। साथै मानवअधिकार प्रमुखले प्रदर्शनकारीहरूमाथि सुरक्षा निकायले गरेको कारबाहीको निन्दा गरेका छन्।

तर, मेडागास्करको परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघले प्रस्तुत गरेका तथ्यांकलाई अस्वीकार गर्दै ‘गलत जानकारी’ मा आधारित भएको दाबी गरेको छ।

जेनजी आन्दोलनका कारण नेपालमा हालसालै सरकार परिवर्तन भएको छ।

प्रकाशित: १४ असोज २०८२ १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast