सुनकोशीमा पुल नहुँदा सास्ती

हिमाल प्रेस १४ असोज २०८२ ६:१९
8
SHARES
सुनकोशीमा पुल नहुँदा सास्ती

उदयपुर– सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाडौंलगायत तराईका विभिन्न भाग भएर उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु परेको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशीमा पुल नहुँदा दशैंको समयमा सिद्धिचरण मार्ग हुँदै ओखलढुङ्गाको लामो यात्रा गरेर खोटाङ जानुपर्ने बाध्यता रहेको छ ।

यहाँ निर्माण गरिएको पक्की पुल गत वर्ष असोजमा आएको बाढीले भत्काएको थियो । त्यसको आठ महिनाअघि जडान गरिएको बेलिबृजसमेत खोलिएपछि दशैंको समयमा पहाडी क्षेत्र खोटाङ जाने यात्रुले महँगो भाडा तिरेर लामो घुम्ती सडकमार्ग भएर जानुपर्ने बाध्यता रहेको यात्रुहरू गुनासो गरेका छन् ।

हाल सिद्धिचरण मार्गअन्तर्गत ओखलढुङ्गा भएर वा सुनसरीको धरानस्थित धनकुटा, भोजपुर घोडेटार भएर टेम्के मैयुङ हुँदै खोटाङ पुग्न बाध्य हुन परेको छ ।

दशैं मनाउनका लागि साउदी अरबबाट आफ्नो घर खोटाङ जान लागेका दिनेश राई भन्छन्, “पहिले गाईघाटबाट सिधैँ दित्तेल जान पाइन्थ्यो । गाईघाटबाट रु एक हजारमा छ घण्टाको यात्रामा घर पुग्ने गरिएका अब कटारी हुँदै सिद्धिचरण मार्ग भएर ओखलढुङ्गा जयराम घाटबाट खोटाङ जान बाध्य भएको छु । एक दिनभन्दा बढी समय र तीन हजारभन्दा बढी खर्च भइरहेको छ ।”

खोटाङ दिक्तेल खिदीमाका ४५ वर्षीय टीकाराम खड्का पनि वर्षौपछि दशैं मनाउन घर आउँदा पुल नभएर समस्या भोग्नुपरेको बताए ।

 

प्रकाशित: १४ असोज २०८२ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast