छुट्टाछुट्टै दुर्घटनामा १६ घाइते, तीन जना गम्भीर

हिमाल प्रेस १३ असोज २०८२ १७:०६
8
SHARES
छुट्टाछुट्टै दुर्घटनामा १६ घाइते, तीन जना गम्भीर

सिन्धुली– जिल्लाको दुई स्थानमा आइतबार भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।

बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बालेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

उनकाअनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन्।

घाइते हुनेहरुमध्ये गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भीर घाईते भएका छन्। गोलञ्जोरकै २० बर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन्।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पु¥याएको छ।

त्यसैगरी दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरुको नाम थर नखुलेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो।

घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ। घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ असोज २०८२ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast