अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, २४ घाइते

हिमाल प्रेस १३ असोज २०८२ ९:०९
4
SHARES
अर्घाखाँचीमा जिप दुर्घटना : दुईको मृत्यु, २४ घाइते

बुटवल– अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको जिप सोमबार (आज) बिहान र्दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

दुर्घटनामा परि गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेलको मृत्यू भएको हो।

लु १ ज ४७२४ नम्बरको करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार दुवैको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ। अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ ।

जिपमा ८ जना बालबालिकासहित २६ जना सवार थिए। घाइते २४ जनामध्ये चार जना गम्भीर, १३ जना मध्यम र ७ जना सामान्य घाईते घएको प्रहरीले बताएको छ । गम्मिर चारमध्ये दुई जनालाई थप उपचारका लागि बुटवल ल्याइएको जनाइएको  छ ।

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खस्दा दुर्घटना भएको हो । अन्य घाईतेहरुको सनि्धखर्कमा उपचार भइरहेको छ ।

प्रकाशित: १३ असोज २०८२ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast