काठमाडौँमा गएरातिदेखि मन्दिरसहित ३ घरमा आगलागी

हिमाल प्रेस १३ असोज २०८२ ६:४३
60
SHARES
काठमाडौँमा गएरातिदेखि मन्दिरसहित ३ घरमा आगलागी

काठमाडौँ– काठमाडौँको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

प्रकाशित: १३ असोज २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast