ज्ञानेन्द्र शाहले यसपटक नागरिकलाई टीका नलगाइदिने, सन्देशमा गरे देशको चिन्ता

हिमाल प्रेस १३ असोज २०८२ ५:५६
16
SHARES
ज्ञानेन्द्र शाहले यसपटक नागरिकलाई टीका नलगाइदिने, सन्देशमा गरे देशको चिन्ता पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले एक सन्देशमार्फत आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् ।

पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् ।

युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।

 

प्रकाशित: १३ असोज २०८२ ५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast