
काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने सरकारको तयारीप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले सरकार प्रतिशोधमा उत्रेको बताएका हुन्।
राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ।
प्रकाशित: १२ असोज २०८२ २०:०३
प्रतिक्रिया