ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत

हिमाल प्रेस १२ असोज २०८२ १७:५६
12
SHARES
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत

काठमाडौँ- सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले आगामी कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा भाग लिन मन्त्री घिसिङको भ्रमण स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचपत्र वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ। प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण गरिने मन्त्री खरेलले बताए।

त्यस्तै जेनजी क्लिनिकमार्फत सहज र निःशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ।

बैठकले प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिनालाई नियुक्त गरेको छ।

प्रकाशित: १२ असोज २०८२ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast