राजधानीमा चाडपर्वलक्षित ‘ट्राफिक वाक’ कार्यक्रम

हिमाल प्रेस १२ असोज २०८२ १३:०३
10
SHARES
राजधानीमा चाडपर्वलक्षित ‘ट्राफिक वाक’ कार्यक्रम

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलको संयुक्त आयोजनामा चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ।

‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित काठमाडौँको रानीपोखरीबाट रणोद्धिप, भद्रकाली, सिंहदरबार हुँदै रामशाहपथसम्म विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै जनपद प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलले र्‍याली निकालेको थियो।

र्‍याली प्रदर्शन पश्‍चात् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वलाई सुरक्षित र दुर्घटनारहीत बनाउनका लागि ट्राफिक नियमको पालना गरेर सभ्य समाजको निर्माण गर्नमा सबैले प्रतिबद्ध रहनुपर्ने बताए। त्यसका लागि आजको कार्यक्रम लाभदायी हुने समेत उनले उल्लेख गरे। उनले शान्तिसुरक्षा कायम गर्नका लागि सम्पूर्ण ध्यान केन्द्रीत गर्न निर्देशन दिए।

त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अहिलेको परिस्थितिमा विभिन्न अभावसँग जुध्दै ट्राफिक व्यवस्थापनमा खटिरहेको र सडक प्रयोगकर्ताको सुरक्षित यात्राका लागि ट्राफिक प्रहरी प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा जनपद प्रहरी, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी बलका पदाधिकारी, उपत्यका भित्रका सामुदायिक प्रहरी लगायत सहभागी थिए।

प्रकाशित: १२ असोज २०८२ १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast