वेष्ट इन्डिजविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने, प्लेइङ ११ मा परेनन् सन्दीप लामिछाने

हिमाल प्रेस ११ असोज २०८२ २०:१२
6
SHARES
वेष्ट इन्डिजविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने, प्लेइङ ११ मा परेनन् सन्दीप लामिछाने

काठमाडौँ– वेष्ट इन्डिजविरुद्धको ऐतिहासिकका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

यूएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। खेल सवा ८ बजे सुरु हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा ११ सदस्यीय सुरुवाती टोली घोषणा गरेका छन्। टोलीमा लेग स्पिनर सन्दीप लामिछाने परेनन्। त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।

प्रकाशित: ११ असोज २०८२ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast