पार्टी एकताको निर्णय सचिवालयले गर्ने होइन, केन्द्रीय कमिटी बोलाइयोस् : दामोदर अर्याल

हिमाल प्रेस ११ असोज २०८२ १९:२७
72
SHARES
पार्टी एकताको निर्णय सचिवालयले गर्ने होइन, केन्द्रीय कमिटी बोलाइयोस् : दामोदर अर्याल दामोदर अर्याल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

हाल भारतमा रहेका नेता अर्यालले पार्टी एकताका सम्बन्धमा माथिल्ला कमिटीले निर्णय गरेर नहुने भन्दा उक्त माग गरेका छन्। उनले लेखेका छन,‘हालै हाम्राे पार्टी नेकपा एकीकृत समाजवादीले वामपन्थी,कम्युनिस्ट र समाजवादी पार्टीहरुसँग गरिने भनिएको एकताको ११ आधार अपानीका रूपमा सार्वजनिक गरेको छ । यसका सन्दर्भमा मेरा केहि मतहरु यस प्रकार छन:

१) सबभन्दा पहिला त एकताका आधारहरु पार्टी सचिवालयले होइन,पार्टी केन्द्रिय कमिटीले निर्माण गर्नुपर्छ । हाम्रो विधान अनुसार महाधिवेशन पछिको पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी हो । एकताको आधार निर्माण गर्ने जस्तो महत्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरिकन सार्वजनिक गरिनु र कार्यान्वयन गर्न खोज्नु विधिसम्मत होइन भन्ने मेरो मत हो।
२) त्यसकारण अविलम्ब पार्टी केन्द्रिय कमिटीको बैठक डाकियाेस भन्ने माग गर्दछु । केन्द्रीय कमिटीको बैठक नबसिकन सचिवालयले निर्माण गरेको ११ बुदाका आधारमा कुनै पनि पार्टीसंग वार्ता नगरियोस भन्ने मेरो दोस्रो माग छ ।
३) ११ बुदे आधारमा वामपन्थीहरुको वामपन्थीकरण,बर्ग संघर्ष, निति र नेतृत्वको पुनर्गठन, प्रतिष्पर्धाबाट श्रेष्ठता,प्रगतिशील संस्कृति , इतिहासलाई हेर्ने दृष्टिकाेण र सम्मानजनक अवकाश जस्ता महत्वपूर्ण विषयहरु छुटेका छन । जुन कुरा केन्द्रीय कमिटी बैठकमै उठाएर समृद्ध बनाउन जरुरी छ ।
४) त्यसबाहेक हाम्रा पार्टीहरुको गठन,पुनर्गठन वा एकतालाई हालै सप्पन्न भएको GenZ आन्दोलनको इमानदार र सकारात्मक पक्षसँग जाेडेर लैजान जरुरी छ । त्यसका लागि पनि विभिन्न बाम पार्टीहरुका बीचमा ठूलाे व‌ैचारिक बहस हुनुपर्छ । निति र बिचारकै तहमा सार्वजनिक बहस नगरीकन वडा अध्यक्ष देखि प्रधानमन्त्रीसम्म हुने चाहना राखेर गरिने कुनै पनि प्रकारको एकता असफल हुने तथ्य बिनम्रतापुर्वक अनुरोध गर्न चाहान्छु ।’
प्रकाशित: ११ असोज २०८२ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast