
काठमाडौँ– कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका-१० सोनपुर बस्ने २४ वर्षीया पुष्पा थारूको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ११ असोज २०८२ १७:०९
प्रतिक्रिया