ओलीले आइतबारका लागि गुन्डुमै बोलाए सचिवालय बैठक

हिमाल प्रेस ११ असोज २०८२ १६:००
10
SHARES
ओलीले आइतबारका लागि गुन्डुमै बोलाए सचिवालय बैठक

काठमाडौँ– जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइतबार नेकपा एमालेको सचिवालय बैठक हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, सङ्गठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने उनले बताए ।

प्रकाशित: ११ असोज २०८२ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast