आरजुले दिइन् युनेलेन्स स्कुलको अध्यक्षबाट राजीनामा

हिमाल प्रेस ११ असोज २०८२ ११:२२
42
SHARES
आरजुले दिइन् युनेलेन्स स्कुलको अध्यक्षबाट राजीनामा

काठमाडौँ– निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो ।

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।

अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ ।

 

प्रकाशित: ११ असोज २०८२ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast