आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हिमाल प्रेस १० असोज २०८२ १२:३४
6
SHARES
आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ- नवरात्र सुरु भएको आज पाँचौँ दिन भए पनि चौथो दिनको दसैँ घर वा पूजा कोठामा चौथो दिनकै कर्म दोहोर्‍याउनुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

असोज ९ गते रातदिन (अहोरात्र) नै चौथी तिथि थियो। आज बिहान ६:३९ बजेसम्म चौथी तिथि थियो। बिहान ५:५४ बजे सूर्योदय भएकाले आज पनि चौथीकै दिनको कर्म दसैँ घर वा पूजा कोठामा गर्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए।

यसवर्ष चौथी तिथि वृद्धि भएकाले दुई दिनसम्म कुष्माण्डा देवीको आह्वान गरी पूजा आराधना गर्नुपर्ने उनले बताए। यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु भएको हो।

त्यस दिन दसैँ घर वा पूजा कोठामा शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो। असोज ७ गते मंगलबार दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो।

तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो। चौथो दिन असोज ९ गते र पाँचौँ दिन असोज १० गते आज पनि कुष्माण्डा देवीको पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना गरेमा मनोकामना पूरा हुने, विद्या, धन र शक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ।

प्रकाशित: १० असोज २०८२ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast