गृहमन्त्रीले भने- राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल अब अघि बढ्छन्

हिमाल प्रेस १० असोज २०८२ १२:१६
20
SHARES
गृहमन्त्रीले भने- राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल अब अघि बढ्छन्

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक पहुँचका कारण रोकिएका सबै प्रकारका फाइल अब अघि बढ्ने बताएका छन्।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै उनले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएको अवरोध अब सह्य नहुने बताएका हुन्।

‘अब सबै फाइलको ब्रेकथ्रु हुन्छ,’ गृहमन्त्री अर्यालले भने, ‘कतिपय स्थानमा राजनीतिक पहुँचका कारण रोकिएका मुद्दाहरू थिए। अब त्यसो हुँदैन। यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासन बिना शान्तिसुरक्षा सम्भव छैन। शान्तिसुरक्षा नहुँदा सरकारको प्रभाव पनि टिक्दैन।’

उनले विगतमा राजनीतिक हस्तक्षेपले अपराध अनुसन्धान र भ्रष्टाचारजस्ता गम्भीर मुद्दामा भएको अवरोध हटाउने उद्देश्यले निर्देशन दिइसकेको पनि जानकारी दिए।

‘राजनीतिक कनेक्सनको भरमा कतिपय मुद्दा रोकिएको पाइयो। त्यो अब हटाउनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,’ उनले भने, ‘जुन किसिमले सुशासनमा अवरोध आयो, त्यो अब सह्य हुँदैन।’

गृहमन्त्री अर्यालले देशमा सुशासन कायम गर्न कुनै पनि प्रभाव वा दबाबका अगाडि नझुक्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।

प्रकाशित: १० असोज २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast