पत्रकार केशव पाठकलाई सहारा पुरस्कार

हिमाल प्रेस १० असोज २०८२ ११:५०
4
SHARES
पत्रकार केशव पाठकलाई सहारा पुरस्कार

पोखरा- सहारा क्लब पोखराद्वारा सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार केशव पाठक सम्मानित भएका छन्। सहारा क्लब पोखराको २७ औं साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा शुक्रबार आयोजित समारोहमा उनलाई नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र द्वारा सम्मान गरिएको हो।

प्रमुख अतिथि हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले उनलाई सो पुरस्कार हस्तान्तरण गरे। क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पाठकलाई सो पुरस्कार दिने निर्णय गरेको थियो। यसरी सम्मानित हुने पाठक १९ औं पत्रकार हुन्।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एक जना पत्रकारलाई योगदान आधारमा बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ।

पर्वतका पाठक तीन दशकदेखि पोखराको खेलकुद पत्रकारितामा क्रियाशील छन्। उनी प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष हुन्।

क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गरेको छ। पोखरा–१५ निवासी गुरुङ जुनियर सदस्यका रुपमा १० वर्षअघि क्लबमा प्रवेश गरेकी थिइन्।

क्लबले शुक्रबार नै नयाँ कार्यसमिति निर्वाचित हुने क्लब अध्यक्ष केशवराज बरालले बताए। नियमित रूपमा आहा रारा पोखरा गोल्डकप प्रतियोगिता गर्दै आएको क्लबले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी संचालन गरेको छ।

क्लबमा हाल ३० जना बालकले फुटबल सिकिरहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए।

प्रकाशित: १० असोज २०८२ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast