
इटहरी- जेनजी आन्दोलनका क्रममा भदौ २४ गते झुम्का कारागारबाट भागेका कैदी दुई सातापछि पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका क्षेत्रमै बस्दै आएका ४२ वर्षीय सन्दीप थापा, ३२ वर्षीय सुनील श्रेष्ठ र २९ वर्षीय लक्की गुरुङलाई पक्राउ गरेको हो।
तीनै जना लागूऔषध मुद्दामा सजाय काटिरहेका थिए। पक्राउ परेकाहरूलाई बिहीबार साँझ झुम्का कारागारमै पुर्याइएको छ।
प्रकाशित: १० असोज २०८२ ८:५७
प्रतिक्रिया