ठगी मुद्दामा धनुषाकी महिला यूएईमा पक्राउ, नेपाल ल्याइयो

हिमाल प्रेस १० असोज २०८२ ७:०३
14
SHARES
ठगी मुद्दामा धनुषाकी महिला यूएईमा पक्राउ, नेपाल ल्याइयो

काठमाडौँ- नेपाल प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई यूएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ।

पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनले भने,‘ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन्। प्रहरीले यूएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ।’

उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित: १० असोज २०८२ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast