सिन्धुपाल्चोकबाट उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रा सिन्धु यूएसए सोसाइटीबाट नगदसहित सम्मानित

हिमाल प्रेस ९ असोज २०८२ १३:२५
8
SHARES
सिन्धुपाल्चोकबाट उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रा सिन्धु यूएसए सोसाइटीबाट नगदसहित सम्मानित

काठमाडौँ- सिन्धु यूएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोकबाट एसईई (२०८१) मा सहभागी भएर उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।

काठमाडौँमा आयोजित कार्यक्रममा विद्यार्थीलाई नगदसहितसम्मान गरिएको हो। विगतमा उत्कृष्ट एक छात्र र छात्रालाई जनही एकाउन्न हजार रुपैयाँँ सहित सम्मान गरिने गरे पनि यसपटक सिन्धुपाल्चोकबाट उत्कृष्ट अंकसहित एसईई पास गर्ने छ जना विद्यार्थीलाई नै सम्मान गरिएको हो। यसपटक सिन्धुपाल्चोकबाट ६ विद्यार्थी जीपीए चार ल्याएका थिए।

उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्व गरेका व्यक्तिको सहभागी थियो। यसरी सम्मानित भएका छात्राछात्रामा वालशिक्षा माध्यामिक विद्यालयका तीनजना छन्। सो विद्यालयबाट क्रमश: स्मृति नेपाल,सुभेछ्या श्रेष्ठ र मेन्दो तामाङले ४ जीपीए प्राप्त गरेका थिए।

प्रशान्त चालिसे प्रगति बोडिङ स्कुल मेलम्ची, फुर्साङ तामाङ रमा मावी लिसन्खु पाखर, रोजिना स्याङताङ ज्ञान मन्दिर नमुना मावी मेलचौरले पनि ४ जीपीए प्राप्त गरेका थिए।

उनीहरूलाई नगद सत्र हजार रुपैयाँसहित सम्मान गरिएको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य सघ सह आयोजक रहेको कार्यक्रम अध्यक्ष बुद्दराज बस्नेतको सभापतित्वमा भएको थियो।

यस्तो सम्मान कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने हुदा आयोजकले सहि काम गरेको सो अवसरमा विशेष अतिथी रहेका उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बताए।

हाल विभिन्न निजी विद्यालयमा २६ जना विद्यार्थी नि:शुल्क पढाइरहेको सिन्धु यूएसए सोसाइटीका निवर्तमान अध्यक्ष सूर्य खडका लाई सम्मान पनि गरिएको थियो।

खडकाकै पालामा उत्कृष्ट विद्यार्थी सम्मान गर्ने काम सुरु भएको हो। उनको योगदानको कदर गर्दै सम्मान गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बस्नेतले बताए।

जिल्लामा जन्मेर परदेश भएपनि आफूजन्मेको ठाउँका असहाय बालबालिका लाई शिक्षामा केही सहयोग गर्न सकेकोमा खुशी लागेको बर्तमान अध्यक्ष पासाङ नोर्वू शेर्पाको भनाइ छ ।

प्रकाशित: ९ असोज २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast