विद्यालय कर्मचारी परिषद्‌ले शिक्षामन्त्री पुनलाई गरायो पेसागत समस्या जानकारी

हिमाल प्रेस ९ असोज २०८२ १२:०७
180
SHARES
विद्यालय कर्मचारी परिषद्‌ले शिक्षामन्त्री पुनलाई गरायो पेसागत समस्या जानकारी

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनसँग भेट गरी विद्यालय कर्मचारीका समस्या जानकारी गराएको छ।

परिषद्का प्रदीप श्रेष्ठ, रामशरण फुयाललगायतले बुधबार शिक्षा मन्त्रालयमा विद्यालय कर्मचारी झिनो अनुदानमा गुजारा गर्न बाध्य रहेको बताउँदै वास्तविक तलबभत्ताबारे मन्त्री पुनलाई अवगत गराए। उनीहरूले विद्यालय कर्मचारीका अन्य मागहरू पनि राखे।

पुनले आफू चुनावी सरकारको मन्त्री भएको कारण तत्काल समाधानको अपेक्षा नगर्न आग्रह गर्दै समस्याको दीर्घ समाधानका लागि प्रयास गर्ने आश्वासन दिए।

मन्त्री पुनले स्थानीय तह शिक्षकको दरबन्दी मन्त्रालयमा निर्भर हुने भए पनि कर्मचारीसम्बन्धी विषयमा स्थानीय निकायले निर्णय गर्ने अवस्था रहेको जानकारी दिँदै सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast