आज यी स्थानमा छ आकस्मिक बाढीको सम्भावना

हिमाल प्रेस ९ असोज २०८२ १०:१७
8
SHARES
आज यी स्थानमा छ आकस्मिक बाढीको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, खोटाङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, म्याग्दी, बाग्लुङ, चितवन, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, पर्वत, दाङ, सुर्खेत र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

प्रकाशित: ९ असोज २०८२ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast