कहाँ कहाँ पर्छ पानी?

हिमाल प्रेस ९ असोज २०८२ ६:३६
4
SHARES
कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ- आज बिहीबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशका पहाड भेगमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा देशका बाँकी पहाड भूभागको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: ९ असोज २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast