सुनमा दिनदिनै नयाँ रेकर्ड, आज बजारमा २ लाख २३ हजारमा कारोबार हुँदै

हिमाल प्रेस ८ असोज २०८२ ११:०३
6
SHARES
सुनमा दिनदिनै नयाँ रेकर्ड, आज बजारमा २ लाख २३ हजारमा कारोबार हुँदै

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो।

मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो। चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो।

प्रकाशित: ८ असोज २०८२ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast