चोरी भएका सामान बुझाउन वायुसेवा निगमको आग्रह

हिमाल प्रेस ७ असोज २०८२ १८:१४
6
SHARES
चोरी भएका सामान बुझाउन वायुसेवा निगमको आग्रह

काठमाडौँ- नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको छ।

आज (मंगलबार) एक सूचना जारी गरी निगमले भदौ २४ को ‘जेनजी’ प्रदर्शनका क्रममा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरेको हो।

निगमको कार्यालयबाट नगद, मोबाइल, कम्युटर सेट, ल्यापटप, स्क्यानर, प्रिन्टर, हार्ड डिस्क, क्याल्कुलेटर, सोभिनियरलगायत सामग्री लुटपाट एवम् चोरी भएको जनाइएको छ।

निगमले तोडफोड तथा चोरीमा संलग्न व्यक्तिको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा सामान चाँडो फिर्ता गर्न र अन्यथा, चोरीमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रकाशित: ७ असोज २०८२ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast