मौसम विभाग भन्छ : कोशी र बागमतीमा भारी वर्षा हुन्छ

हिमाल प्रेस ७ असोज २०८२ ६:३६
34
SHARES
मौसम विभाग भन्छ : कोशी र बागमतीमा भारी वर्षा हुन्छ

काठमाडौँ- आज मंगलबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

यस क्रममा कोशी प्रदेश, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड भूभागका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

अनि कोशी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी आज राति देशका पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहने छ। यस क्रममा देशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: ७ असोज २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast