सुर्खेतमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ६ असोज २०८२ १५:४८
सुर्खेतमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुर्खेत- ट्रकको ठक्करबाट सुर्खेतमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। पहिचान नखुलेका चालकको आज करिब १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार भेरीगंगा नगरपालिका-१२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तर्गत छिन्चु-धुलियाबिट सडक खण्डको पाडुलेमा ना ५ ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३-००१प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो।

नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए। मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका-४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन्।

घाइते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताए। ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: ६ असोज २०८२ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast