सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाइयो

हिमाल प्रेस ६ असोज २०८२ १२:१०
20
SHARES
सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधि बढाइयो

काठमाडौँ- सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ। यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो।

सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

‘सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१) मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्’, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ। रासस

प्रकाशित: ६ असोज २०८२ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast