दसैँ सुरु भइसक्दा पनि अवरुद्ध छन् गाउँ जाने यी सडक [तालिकासहित]

हिमाल प्रेस ६ असोज २०८२ ९:४५
दसैँ सुरु भइसक्दा पनि अवरुद्ध छन् गाउँ जाने यी सडक [तालिकासहित]

काठमाडौँ- दसैँ सुरु भइसक्दा पनि वर्षा नरोकिँदा सडक यात्रा प्रभावित भएको छ। पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।

आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका४ बरुण र मकालु गाउँपालिका ३ एकुवा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका २ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द भएको छ। पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड -२ कै बालुवाखानीस्थित सडक पूर्णरूपमा अवरुद् भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित सडक पूर्ण रूपमा बन्द भएको छ ।

अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । मुग्लिन-नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो।

प्रकाशित: ६ असोज २०८२ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast