उदयपुरमा दुईजनाको मृत्यु

हिमाल प्रेस ६ असोज २०८२ ६:४४
उदयपुरमा दुईजनाको मृत्यु

काठमाडौँ- उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ।

उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो। खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ।

त्यसैगरी आजै त्रियुगा नगरपालिका–३ चाँप बगरटोलका २४ वर्षीया रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ।

दसैँका लागि घर लिप्न गेरुवाई खोलामा माटो खन्ने क्रममा राईलाई ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ६ असोज २०८२ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast