
काठमाडौँ- नेपाली क्रिकेट टोलीले यूएईको भिसा पाएको छ। भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
क्रिकेट टोली गएको भदौ ३ मा नै यूएई प्रस्थान गर्ने तयारीमा थियो। तर नेपालमा चलेको जेनजी आन्दोलनका कारण यूएईले भिसा दिन ढिलाई गरेको थियो। क्याले विभिन्न अन्तरार्ष्ट्रिय समुदायसँग समेत पहल गरिदिन अनुरोध गरेको थियो।
प्रकाशित: ५ असोज २०८२ १३:४६
प्रतिक्रिया