अलपत्र यात्रुलाई खाजापानी [तस्बिरहरू]

हिमाल प्रेस ५ असोज २०८२ १२:३४
12
SHARES
अलपत्र यात्रुलाई खाजापानी [तस्बिरहरू]

काठमाडौँ-  पहिरोका कारण सडक अवरुद्ध हुँदा मुग्लिन-नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला आसपासका क्षेत्रमा अलपत्र परेका यात्रुलाई सुरक्षा निकायको समन्वयमा आइतबार खाजा र पानी वितरण गरिएको छ। जिल्ला सुरक्षा समिति, चितवन र स्थानीय व्यवसायीको सहयोगमा  यात्रुहरुलाई खाजा र पानी वितरण गरिएको नेपाल प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि उक्त सडकखण्डमा तीन दिनदेखि आवागन अवरुद्ध छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको बताए। शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेको थियो। त्यसपछि सडक अवरुद्ध हुँदा सडकमा बिचल्ली भएको छ। उनले भने, ‘स्काभेटरको सहयोगमा सडकमा थुप्रिएको माटो पन्छाउने काम भइरहेको छ। आज बजेसम्म बाटो खुलाउने योजना छ।’  प्रहरी निरीक्षक सिंहले पहिरो हटाई एकतर्फी यातायात सञ्चालन हुने बताए। उनले लेनमा बसेर सहयोग गरिदिन चालकहरूलाई अनुरोध गरेका छन्।

उक्त सडक खण्ड अवरुद्ध भएपछि त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको छ। काठमाडौँबाट बुटवल, नेपालगन्ज, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायतका ठाउँमा चल्ने सवारीसाधन पोखराबाट जान थालेका छन्।

तस्बिरहरू : नेपाल स्रोत

प्रकाशित: ५ असोज २०८२ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast