
काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। माओवादीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न बैठक बोलाएको हो।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी स्रोतले जनाएको छ।
भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो।
प्रकाशित: ५ असोज २०८२ ७:४९
प्रतिक्रिया