‘महादशा’ मा जोडिए निरुता सिंह र उत्तम प्रधान

हिमाल प्रेस ३ असोज २०८२ १६:०७
10
SHARES
‘महादशा’ मा जोडिए निरुता सिंह र उत्तम प्रधान

काठमाडौँ- किरण नेपालीको डेब्यु निर्देशनमा बन्ने फिल्म ‘महादशा’ मा अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह जोडिएका छन्। फिल्म निर्माण पक्षसँग उनीहरूको सम्झौता भएको छ।

फिल्ममा यसअघि प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङ अनुबन्धित भइसकेका छन्। फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने निर्देशक नेपालीले बताइएका छन्।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म मनिष गौतमले लेखेको हुन्। फिल्ममा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्मातामा जाेडिएका हुन्।

प्रकाशित: ३ असोज २०८२ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast