सहरमा आजः जेनजी आन्दोलन पश्चात फिल्मी क्षेत्रमा के हुँदैछ?

सुस्मिता बजगाईं ४ असोज २०८२ ६:४०
6
SHARES
सहरमा आजः जेनजी आन्दोलन पश्चात फिल्मी क्षेत्रमा के हुँदैछ?

काठमाडौँ- आज असोजको पहिलो शनिबार। भदौको अन्तिम दुई साता उथलपुथल रहेको देश केही माथि उठ्ने चरणमा छ। जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले देशमा अन्तरिम सरकार गठन भइसकेको छ। यसैको मारमा परेको कला जगत् पनि बिस्तारै जुर्मुराउँदै छ।

यो सँगै आन्दोलनकै कारण देशभरका फिल्म हल, थिएटर र चित्रकला प्रदर्शनी बन्द थियो। अन्तरिम सरकार गठनसँगै सामान्य बन्दै गएको स्थिति मध्यनजर गर्दै भदौ ३० देखि देशभरका हल सञ्चालन भएसँगै रोकिएका फिल्म पुनः प्रदर्शन भइरहेको छ।

साथै असोज १ देखि थिएटरमा नाटक पनि मञ्चनरत छ। फलस्वरुप केही समययता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलनलाई निरन्तरता दिएका छौँ। थिएटरमा दुई नाटक पुनः मञ्चन भएको छ। आर्ट काउन्सिलमा चित्रकला प्रदर्शन पुनः सञ्चालनमा आएको छ। हलमा पनि केही हिन्दीसहित नेपाली फिल्म पुनः प्रदर्शनरत छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

कहाँ केके हुँदै छ हेरौं,

आर्ट काउन्सिलमा नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल-२०२५’ चलिरहेको छ। ‘रुट्स एन्ड रिफ्लेक्सन’ शीर्षकमा चलिरहेको चित्रकला प्रदर्शनी असोज ११ सम्म चल्नेछ। प्रदर्शनीमा १५० कलाकारका दुई सयभन्दा बढी चित्रकला, मूर्तिकला राखिएको छ। प्रदर्शनीले काउन्सिलको तीनै तला ढाकिएको छ। आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चलिरहेको प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

थिएटरमा दुई नाटक

काली पार
टेकुस्थित कौसी थिएटरमा नाटक असोज १ देखि ‘काली पार’ पुनः मञ्चन भइरहेको छ। भोलिसम्म मञ्चन हुने नाटकको आज शनिबार दिउँसो १ बजे र साँझ ५ः३० बजेको दुई सो छ। नाटकका निर्देशक मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेल हुन्। नाटकमा आजभन्दा १५ सय वर्षअघिको टुक्रे राज्यहरू विस्तारको अभियानसँग सम्बन्धित छ।

नाटक ऐतिहासिक परिवेशमा काल्पनिक कथा प्रस्तुत गरिएको छ। नाटकको मञ्चमा निर्देशकद्वय मुक्ति र प्रवीणसहित कलाकार निरज पन्थी, सागर दाहाल, ऋषिकेश दाहाल, क्षितिज पराजुली, खगेन्द्र धामी, पूर्णिमा आचार्य, करिश्मा सङ्गौला, कबिर काफ्का, आयुष्मा मगर, जीवन गौतम, प्रकृति कार्की, आशिष काफ्ले, शरद, दिलराज राई, रोहित श्रेष्ठ र युनेशले अभिनय गरेका छन्।

सिरुमारानी
मण्डला थिएटरमा असोज १ देखि नै नाटक ‘सिरुमारानी’ पुनः मञ्चन भइरहेको छ। नाटक एक विद्रोही नारीको कथामा बनेको छ। नाटकको कथा सरुभक्तले लेखेका हुन्। मण्डलाकै ल्याब-१७ का विद्यार्थीले अभिनय गरेको नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गरेका छन्।
असोज ५ सम्म मञ्चन हुने नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, सुजन घिमिरे, अमृत सुनारलगायत ३३ जना प्रशिक्षार्थीको अभिनय छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे।
हलमा कुनकुन फिल्म?

जोली एलएलबी ३
बलिउड फिल्म ‘जोली एलएलबी ३’ असोज २ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको छ। सुभाष कपुर निर्देशित फिल्ममा अक्ष्य कुमार, अरशद वारसी, हुमा कुरेशीलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, बिग मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘जोली एलएलबी ३’ चलिरहेको अन्य हल हुन्।

मिराइ
बलिउड फिल्म ‘मिराइ’ अहिले नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एकसन र थ्रिलर जनरामा बनेको छ। कार्तिक गट्ट मनेनी र अनिल आनन्द निर्देशित फिल्ममा तेजा सज्जा, मनोज कुमार मन्चु, श्रिया सरनलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज र अष्टनारायण हलमा फिल्म ‘मिराइ’ चलिरहेको अन्य हल हुन्।

द कन्जुरिङः लास्ट राइट्स
हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ भदौ २० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।
आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ प्रदर्शनरत छ।

डेमन स्लेयर
जापानीज फिल्म ‘डेमन स्लेयर’ नेपालमा चलिरहेको छ। एडभेञ्चर जनरामा बनेको फिल्ममा नात्सुकी हाने, सायोरी हायामी, अकारी किटोलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक हारुओ सोटोजाकी हुन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्म ‘डेमन स्लेयर’ प्रदर्शन भइरहेको छ।

रिमै
भदौ २० देखि हलमा नेपाली फिल्म ‘रिमै’ प्रदर्शन भइरहेको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म प्रेम कथासहित गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित छ। फिल्म खिलबहादुर गुरुङको निर्देशनमा बनेको हो।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। त्यस्तै एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘रिमै’ चलिरहेको छ।

कोशेढुङ्गा

फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा प्रदर्शनरत छ। फिल्मको कथा वैदेशिक रोजगारी र प्रेमकगालाई समेटेको छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

शनिबार आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाजमा ‘कोशेढुङ्गा’ प्रदर्शनरत छ।

माग्ने राजा
फिल्म ‘माग्ने राजा’ भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म एकजना माग्नेको राजा बन्ने सपनामा आधारित छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको बिएसआर मुभिजमा फिल्मको सो छ।

मोहर
फिल्म ‘मोहर’ पनि गत साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ। उपत्यकाको आइएनआई सिनेमाज अन्तर्गत विश्वज्योति मलमा फिल्मको सो छ।

प्रकाशित: ४ असोज २०८२ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast