
काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेको र युवा नभेटिको बताएका छन्।
संविधान दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो बताएका हुन्।
‘हाम्रा पार्टी कार्यक्रममा पहिले-पहिले बुढापाका भेटिए हतार-हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो’, उनले एक्समा लेखेका छन्,‘अहिले त्यसरी आसनग्रहण गराउनका लागि पनि युवा भेटिँदैन। जेनजी पुस्ता त परको कुरा।’
प्रकाशित: ३ असोज २०८२ १३:०९
प्रतिक्रिया