केपी ओलीको दाबी- जेनजी आन्दोलनमा युवालाई ताकीताकी गोली हान्ने आदेश दिएको थिइनँ, घुसपैठ भयो

हिमाल प्रेस ३ असोज २०८२ ९:१९
38
SHARES
केपी ओलीको दाबी- जेनजी आन्दोलनमा युवालाई ताकीताकी गोली हान्ने आदेश दिएको थिइनँ, घुसपैठ भयो

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी युवालाई ताकीताकी गोली हान्ने आदेश आफूले नदिएको दाबी गरेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार जारी गरेको वक्तव्यमा उनले आन्दोलनका क्रममा घुसपैठ भएर हिंसा मच्चिएको र त्यसै क्रममा युवाको ज्यान गएको बताए।

ओलीले भनेका छन्,‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा घुसपैठ भयो। आह्वानकर्ताले भनेझैं षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, जसमा हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन।’

आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो। तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो। यस घटनापछि ओली सरकार छाड्न बाध्य भएका थिए। पदबाट हटेपछि उनी सैनिक ब्यारेकमा ९ दिन बसेर हाल भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बसिरहेका छन्।

प्रकाशित: ३ असोज २०८२ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast