पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

हिमाल प्रेस ३ असोज २०८२ ८:२३
8
SHARES
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन फाइल तस्बिर

चितवन- नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११:५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७:१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार पहिरोसँगै खसेको ढुंगाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ।

प्रकाशित: ३ असोज २०८२ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast