वनस्थलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमाल प्रेस २ असोज २०८२ २०:०२
16
SHARES
वनस्थलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६, वनस्थली चोकस्थित सडकमा आज (बिहीबार) बसको ठक्क्रबाट पैदलयात्रुको मृत्यु भएको छ।

उक्त सडकमा बाग्मती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसको ठक्करबाट पैदलयात्री काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने सङ्खुवासभा घर भएका ६८ वर्षीय जशबहादुर मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार उक्त दुर्घटनापछि फरार भएका बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसैबीच, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित दुई वटा पसलमा आगलागी भएको छ। उक्त आगलागीबाट १० लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

दोलखा तामाकोशी गाउँपालिका-६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असोज २०८२ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast