
इटहरी – स्वतन्त्रबाट मेयरमा निर्वाचित हर्क साम्पाङको सहर धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट हालसम्म ल्याउन सकेको छैन।
असार मसान्तमै ल्याउनुपर्ने बजेट हालसम्म ल्याउन नसक्दा आफ्नै सहरमा आलोचित बनेका साम्पाङ जेन जी आन्दोलनपछि काठमाडौँ पुगेर आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखेका थिए।
यता, उपमहानगर बजेटविहीन हुँदा कामकारबाही ठप्प भएको छ। यसैबीच उपमहानगरपालिकाको नगरसभा ४ असोजमा बोलाइएको छ।
बिहीबार बसेको कार्यपालिका बैठकले नगरसभा बोलाउँदै नीति तथा कार्यक्रम र बजेट पास गर्ने जनाएको छ।
यसैगरी आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहतस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ।
प्रकाशित: २ असोज २०८२ १८:३८
प्रतिक्रिया