लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य

हिमाल प्रेस २ असोज २०८२ १५:५४
6
SHARES
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य फाइल तस्बिर

बुटवल- लुम्बिनी प्रदेशसभाको चालू छैटौँ अधिवेशन अन्त्य भएको छ। जेनजी प्रदर्शनपछि प्रतिनिधिसभा विघटन भएपछि लुम्बिनी प्रदेशसभामा पनि त्यसको असर देखिएको हो।

प्रदर्शनमा प्रदेशका अन्य विभिन्न सरकारी, निजी प्रतिष्ठानमा आगजनी र तोडफोड भए पनि लुम्बिनी प्रदेशसभा र प्रदेश सरकारका संरचना भने जोगिएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भदौ ३१ गते मंगलबार राति १२ः०० बजेदेखि लागू हुने गरी लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा बिहीबार जारी सूचनामा भनिएको छ।

प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्। प्रदेशसभा सदस्यहरुको जानकारीका लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सूचना प्रकाशन गरिएको सचिव मगरले  जनाएका छन्।

 

प्रकाशित: २ असोज २०८२ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast