वर्षा बढेसँगै बढ्यो बाढीको जोखिम, यी जिल्लामा छ खतरा

हिमाल प्रेस २ असोज २०८२ ९:४१
4
SHARES
वर्षा बढेसँगै बढ्यो बाढीको जोखिम, यी जिल्लामा छ खतरा

काठमाडौँ- देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश,बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ तथा कमला नदीको बहाव सतर्कता तहको आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया दाङ, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

प्रकाशित: २ असोज २०८२ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast