यूएईलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर ४ मा

हिमाल प्रेस २ असोज २०८२ ७:३२
8
SHARES
यूएईलाई हराउँदै पाकिस्तान एसिया कपको सुपर ४ मा

काठमाडौँ- पाकिस्तानले यूएईलाई हराउँदै एसिया कपको सुपर फोमा प्रवेश गरेको छ। बुधबार भएको समूह बी को खेलमा आयोजक यूएईलाई ४१ रनले हराउँदै पाकिस्तान अगाडि बढेको हो ।

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको यूएई १७.४ ओभरमा १०५ रनमा अलआउट भयो । राहुल चोपराले सर्वाधिक ३५ रन बनाए भने ध्रुव पराशारले २० र कप्तान मुहम्मद वासीमले १४ रन बनाए ।

पाकिस्तानका शाहीन अफ्रिदी, हारिस राउफ र अब्रार अहमदले २-२ विकेट लिँदा सायम अयुब र कप्तान सलमान आघाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। फखार जमानले सर्वाधिक ५० रन बनाए । शाहीन अफ्रिदी २९ रनमा अविजित रहे।

सुरुवाती ३ ओभरभित्रै २ विकेट गुमाएको पाकिस्तानलाई बीचमा फखार र कप्तान सलमान आघा मिलेर केही सम्हाले । सलमान २० रनमा आउट हुँदा पाकिस्तान ११ ओभरमा ७०-३ को अवस्थामा थियो ।

त्यहाँबाट ९३-६ को अवस्थामा पुगेको पाकिस्तानका लागि अन्त्यतिर शाहीनले केही ठूला शट खेल्दै सम्मानजनक अवस्थामा पुर्‍याएका थिए ।

यूएईका जुनेद सिद्धिकीले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । त्यस्तै सिम्रनजित सिंहले ४ ओभरमा २६ रन दिएर ३ विकेट लिए ।

योसँगै समूह बी बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन् । समूह ए बाट सुपर फोर खेल्ने टोलीको आज टुंगो लाग्नेछ ।

 

प्रकाशित: २ असोज २०८२ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast