
काठमाडौँ- कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार डढेको अवस्थामा शव भेटिएको हिमालप्रेसलाई जानकारी दिएका छन्।
प्रहरीका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन्।
यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको प्रहरीले जनाएको छ। यसअघि ७३ जनाको मृत्यु पुष्टि भएको थियो।
यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट डढेको अवस्थामा सातवटा शव फेला परेको थियो। अस्थिपञ्जरको रूपमा भेटिएका ती शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको र उनीहरूको पनि पहिचान भइसकेको छैन।
प्रकाशित: १ असोज २०८२ १६:११
प्रतिक्रिया