पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

हिमाल प्रेस १ असोज २०८२ १०:५३
12
SHARES
पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा फाइल तस्बिर।

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मंगलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९:१० बजेबाट सडक सञ्चालनमा आएको हो। बिहान ६:०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो।

तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो। पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: १ असोज २०८२ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast