जब पुलमाथिबाट खसेको ढुंगा बसको ढोकाबाट भित्र छिर्‍यो…

हिमाल प्रेस १ असोज २०८२ ७:२८
12
SHARES
जब पुलमाथिबाट खसेको ढुंगा बसको ढोकाबाट भित्र छिर्‍यो…

काठमाडौँ- आज बेलुका नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सी पुल माथिबाट खसेको ढुंगा लागेर एक जना यात्रुको ज्यान गएको छ ।

तनहुँबाट नारायणगढतर्फ आइरहेको ग २ ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका ६, मा पर्ने नाम्सीपुल आइपुग्दा सडक माथिबाट खसेको ढुङ्ग बसमा छिरेर लमजुङ घलेगाउँपालिका ३ बस्ने ४६ वर्षकी ऐश्वर्या कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार माथिबाट खसेको ढुङ्गा बसको खुला ढोकाबाट छिर्दा ऐश्वर्याको मुखमा चोट लागेको थियो । उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याएपछि बेलुका ७ बजेर २० मिनेट जाँदा उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

बेलुका ८ बजेर ५० मिनेट गएको समयदेखि नारायणगढ मुग्लिन सडक खण्ड एकतर्फी मात्रै सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ५ मा रहेको तुइनखोला र इच्छाकामना ६ को नाम्सीखोलामा सुख्खा पहिरो खसेर बाटो एकतर्फी अवरोध भएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको चितवनका प्रहरी प्र्रवक्ता डिएसपी खनालले जानकारी दिए ।

प्रकाशित: १ असोज २०८२ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast