
काठमाडौं– आज दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानम भारी वर्षाको पनि सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। मसश प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेसी प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानआसपास छ। अरब सागर तथा बंगागालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।