प्रचण्ड : राजनीतिक घटनाक्रमबारे मौन, ‘पार्टी कार्यालय भव्य बनाइने’

हिमाल प्रेस ३१ भदौ २०८२ १४:१६
34
SHARES
प्रचण्ड : राजनीतिक घटनाक्रमबारे मौन, ‘पार्टी कार्यालय भव्य बनाइने’ पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार सरसफाइमा जुटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुनै अभिव्यक्ति दिएका छैनन्। मंगलबार कोटेश्वरस्थित पेरिसडाँडाको पार्टी कार्यालय निरीक्षणका क्रममा उनी राजनीतिक अवस्थाबारे मौन रहेका हुन्।

जेनजी आन्दोलनका क्रममा जनधनको क्षति भएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन्। गत चैत २३ र २४ गतेका घटनामा मारिएका जेनजी युवाबारे प्रचण्डले न श्रद्धाञ्जली दिए, न परिवारलाई समवेदना नै प्रकट गरे।

आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको पार्टी कार्यालय निरीक्षण गर्न पेरिसडाँडा पुगेका प्रचण्डले अब नयाँ र भव्य कार्यालय भवन निर्माण गर्ने आश्वासन दिए। उनले भने, ‘क्षति त पुर्‍याइयो, पुग्यो तर म के भन्न चाहान्छु भने अब पार्टीको अब सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ।’

उनका अनुसार कार्यालय भवनमा रहेका बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर भने जोगिएका छन्। ती सामग्री जोगाउन भूमिका खेलेका कर्मचारी र कार्यकर्तालाई उनले धन्यवाद दिएका छन्।

जेनजी आन्दोलनका घटनापछि सैनिक सुरक्षामा रहेका प्रचण्ड मंगलबार मात्रै सार्वजनिक भएका हुन्।

प्रकाशित: ३१ भदौ २०८२ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast