ध्वस्त भवनभित्रबाट काम सुरु, कोशी सरकारको ‘अस्तित्व जोगाउने’ संघर्ष

हिमाल प्रेस ३० भदौ २०८२ १९:२४
16
SHARES
ध्वस्त भवनभित्रबाट काम सुरु, कोशी सरकारको ‘अस्तित्व जोगाउने’ संघर्ष

इटहरी- मुख्यमन्त्री कार्यालयसहित दर्जनौँ कार्यालयहरू पूरै जलेर ध्वस्त भएको अवस्थामा कोशी प्रदेश सरकारले सानो भवनभित्रबाट प्रशासनिक काम थाल्दै आफ्नो अस्तित्व जोगाउने संकेत दिएको छ।

विराटनगरस्थित रोडशेषमा रहेको मुख्य भवन आगजनीपछि प्रयोग अयोग्य बनेको छ। तर सवारी चालक बस्ने पुरानो भवन र क्षतिग्रस्त सभाहललाई अस्थायी कार्यस्थल बनाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह थालिएको हो।

प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले सोमबार अस्थायी कार्यालयमै बसेर काम गर्न सुरु गरिएको बताइन्। उनले भनिन्, ‘मुख्यमन्त्री कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। तर हामी वैकल्पिक व्यवस्थाबाटै अघि बढ्ने प्रयत्न गरेका छौँ।’

आगजनी र तोडफोडले भवन ध्वस्त भएपछि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अस्थायी रूपमा एउटा ल्यापटप र प्रिन्टरको भरमा काम सुरु गरेको उनले बताइन्।

जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेशका अधिकांश कार्यालयमा आगजनी र तोडफोड भएपछि प्रशासन ठप्प हुने अवस्था बनेको थियो।

प्रकाशित: ३० भदौ २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast