जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमा हुन्छ : गृहमन्त्री अर्याल

हिमाल प्रेस ३० भदौ २०८२ १६:०९
48
SHARES
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमा हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौँ‍‌‍- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताएका छन्।

गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उनले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताए। मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताए।

‘विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ’, मन्त्री अर्यालले भने, ‘जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था आयो। अब जनविद्रोहमा सफल हुने पनि त्यसको पूर्ण रुपमा पुष्टि निर्वाचनबाट गर्नुपर्नेछ।’

आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएका सम्बन्धमा सरकारले छानबिन गर्ने मन्त्री अर्यालले बताए।

प्रकाशित: ३० भदौ २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast